अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु: उपाध्यक्ष अर्याल

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु: उपाध्यक्ष अर्याल


काठमाडौं – राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको हो।

‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने कुराहरुमा एउटा एजेण्डा त्यो हो । प्रभावकारी नै छ पनि । सबै अनुभवी माननीयज्यूहरु हुनुहुन्छ । एउटा भोगाइ, अनुभव सबै बटुलिसकेको जस्तो लाग्छ मलाई राष्ट्रिय सभामा। उहाँले भन्नुभयो, ‘’त्यहाँ परिपक्व व्यवहार नै हुन्छ होला । तथापि त्यसमा अझ सहजीकरण के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ ? महिला माननीयज्यूहरुका बीचमा सहकार्यलाई कसरी विकास गरेर जाने यी तमाम चिजहरुमा सोच छ । मैले ०६२/०६३ सालको आन्दोलनका अगुवाइ पनि गरेँ र त्यो बेलामा मैले एउटा पहल पनि गरेको थिएँ ।’

उहाँले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताउनुभयो । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने बताउनुभयो । आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने उहाँको भनाइ छ । त्यस्तै, महिलाहरुका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उहाँले बताउनुभयो ।