अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच छलफल चलिरहेको हो। उहाँहरूबीच समसामयिक विषयवस्तु, राजनीतिक घटनाक्रमकाे विषयमा भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हाे ।