अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले राष्ट्रपतिको लोभ गर्न हुँदैन : अध्यक्ष बिजुक्छे

कांग्रेसले राष्ट्रपतिको लोभ गर्न हुँदैन : अध्यक्ष बिजुक्छे


काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने बताउनु भएको छ । उहाँले सशक्त प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेस राष्ट्रपतिको लोभमा फस्न नहुने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘यदि राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरू केही पनि हुँदैन ।’

रफ्त सञ्चार क्लबको १३औं वार्षिकोत्सवको अवसर पारेर आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणा पत्रभन्दा बाहिर जाने छुटकुनै पनि राजनीतिक दलहरुलाई नरहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको लोभले गर्दा शायद नेपाली कांग्रेसले त्यो बाटो अपनाएको हो कि ? साँचो यही हो भने त्यो जस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरू छैन। पदको निम्ति होइन, सिद्धान्तको निम्ति हो, नीतिको निम्ति हो।’

उहाँले भन्नुभयो, ‘कार्यक्रम घोषणा पत्र हामीले निर्वाचनको बेलामा पाउँछौ। त्योभन्दा तलमाथि जाने गर्नु हुँदैन। जनताले भोट दिएको व्यक्तिलाई साँचो मानेमा त्यो घोषणा पत्रलाई नै मत दिएको हुनाले त्योभन्दा तलमाथि हामीले गर्न मिल्दैन ।’