अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सरेको छ। एमालेले यही माघ २९ र फागुन १ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले केन्द्रीय कमिटीको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको छ ।’

केन्द्रीय कार्यालयले आजै सवै सदस्यहरुलाई बैठक स्थगित भएको सूचना पठाएको छ।

एमाले बैठक ललितपुरको च्यानलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा माघ २९ र फागुन १ गते मिति तय भएको थियो ।