काठमाडौं – काठमाडौंको मैतीदेवीस्थित नेपाल प्रहरी विटमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी विटमा डोजर चलाएको हो।
मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका छन् ।त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काउने तयारी गरेको छ ।
मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताउनुभयो ।
प्रतिक्रिया