काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गर्नुभएको छ। मङ्गलबार बिहान राष्ट्रपति भवनमा आयोजित एक समारोहका बीच उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपराष्ट्रपति नन्दबहादुर पुनलगायत व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
शपथ ग्रहणलगत्तै उपाध्यक्ष अर्यालले संसद् सचिवालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो। यस क्रममा उहाँले सङ्घीय संसदमा महिला सांसदहरुका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ।






प्रतिक्रिया