अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्चमा रिट

सभापति देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्चमा रिट


काठमाडाैँ – कांग्रेस सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो । तर, माघ १८ गते भएको दरपिठको निर्णय इजलासले बदर गर्दै दर्ता गर्न आदेश दिएको हो ।

अधिवक्ता विमलप्रसाद पोखरेलले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो। रिट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध निवेदन दिनुभएकाे थियाे । न्यायाधीश प्रधानले रिट दर्ता गरि सुनुवाइका लागि पेश गर्न आदेश दिनुभएकाे हाे । 

रिटमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाउनु भएकाले देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण देउवालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुनसमेत रोक लगाउन माग गर्दै विपक्षी दलको कुनै पनि भूमिका नदिन रिटमा माग गरिएको छ ।

देउवालाई संसद सचिवालयबाट कुनै पनि सेवा सुविधा नदिन समेत निवेदकको माग छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो।

विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता देउवालाई नै विपक्षी दलको प्रमुख नेता तोकिएको छ ।