काठमाडौं-राष्ट्रिय सभा सदस्य एक पदको लागि आज निर्वाचन हुँदैछ ।
लुम्बिनी प्रदेशबाट हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा तीन जना उम्मेदवार छन् ।
सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन् ।
उपनिर्वाचनका लागि मतदान केन्द्र दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएको छ ।
एमाले सांसद खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्र«य सभा सदस्यबाट राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो ।






प्रतिक्रिया