कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
आज बस्ने प्रदेशसभाको बैठकमा रावलले विश्वासको मत लिन लाग्नुभएको हो ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले संवैधानिक व्यवस्था अनुसार माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ ।
तर उहाँले विश्वासको मत पाउने भने निश्चित छैन । निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित नहुँदा मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।
हिजो नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेश सभा सदस्यसहित डिल्लीबजार कारागारमै बसेको बैठकले उधारो आश्वासनको भरमा विश्वासको मत नदिने निर्णय गरेको थियो ।
नेकपा एमालेका रावलले एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।






प्रतिक्रिया