अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा उपनिर्वाचन जारी

राष्ट्रिय सभा उपनिर्वाचन जारी


घोराही – राष्ट्रिय सभा उपनिर्वाचनमा तीन सय बढी मत खसेको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि सुरु भएको मतदानमा दिउँसो १:३० बजेसम्म तीन सय चार जनाले मतदान गर्नुभएको हो।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुखरउपप्रमुख २१७ जनाले मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ। अब स्थानीय तह अन्तर्गत रुपन्देही जिल्लाको मर्चावर गाउँपालिका उपप्रमुख आशा सिंह मात्रै मतदान गर्न बाँकी रहनुभएको छ।

निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य तथा स्थानीय तह प्रमुख/उपप्रमुख गरेर तीन सय पाँच जना मतदाता रहनुभएको थियो। जसमा प्रदेश सांसद ८७  र पालिका प्रमुख तथा उपप्रमुख २१८ जना रहनुभएको छ। निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ। निर्वाचनको मतगणना कर्मचारी मिलन केन्द्रकै हलमा व्यवस्था मिलाइएको छ।