अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्छ: सुवास नेम्वाङ

संघीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्छ: सुवास नेम्वाङ


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व सभामुख सुवास नेम्वाङले संघीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ।

आज बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा उहाँले सो प्रस्ताव राख्नु भएको हो।

संसद् भवनको मुलगेटमा पत्रकार बन्दुक तेर्स्याए जसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न एउटा पत्रकार सम्मेलन कक्ष बनाउनु उपयुक्त हुने नेम्वाङको तर्क छ। उहाँले सो कक्ष दलका नेता, सांसद र सङ्घीय संसद् सचिवालयका पदाधिकारीलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने स्मरण गराउनुभयो।

उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘गेटभन्दा बाहिर पत्रकारहरु क्यामेराको स्टयान्ड लगाएर बन्दुक तेर्स्याएर बसेको जस्तो लाग्ने। अनि क्यामेरा र स्टयान्ड लिएर कुँदिरहनु पर्ने। अलि कस्तो कस्तो लाग्दो रहेछ। प्रेस मिट रुम एउटा भव्य बनाउनुपर्छ। जहाँ केही पर्‍यो भने माननीय सदस्य पनि जानुहुन्छ। दलका नेता पनि जानुहुन्छ। पत्रकार साथी पनि त्यहाँ बस्नुहुन्छ। प्रवक्तालाई पनि सजिलो। यो नियमावलीको महत्त्वपूर्ण पार्ट हुन्छ। एउटा नियम राखेर यो भव्य व्यवस्था गरौँ भन्ने आग्रह छ।’

उपाध्यक्ष नेम्वाङ पत्रकारले संसद्को मुलगेटमा दौडिएर नेताको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताउनुभयो।