काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच सिंहदबारमा छलफल भेटवार्ता गर्नुभएको छ।
बिहीबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। पार्टी सचिवालय बैठक सकेर एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न सिंहदरबार पुग्नुभएको हो।
सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदबारमा छलफल गरिरहनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।






प्रतिक्रिया