अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्चस्तरीय संयन्त्रको बैठक भोलि ९ बजे बस्ने

उच्चस्तरीय संयन्त्रको बैठक भोलि ९ बजे बस्ने


काठमाडौं – सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि (शुक्रबार) बिहान ९ बजे बस्ने भएको छ । 

आज दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष तथा सयन्त्रका संयोजक ओलीबीच छलफल गर्नुभएको थियो।

बुधबार अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँगको सहमतिपछि आजको लागि बैठक तय भएको थियो । तर, बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा बस्नुभएको थियो ।