अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै


काठमाडौँ-सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । 

बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । 

यसअघि बिहीबार अपराह्नका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित गरिएको थियो।

त्यो समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष शर्मा ओलीबीच छलफल भएको थियो ।

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ । 

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशंकित देखिएको छ ।