अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले लगायो गुलाबको फूल आयातमा प्रतिबन्ध

सरकारले लगायो गुलाबको फूल आयातमा प्रतिबन्ध


काठमाडौं-सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख सावित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाइएको जानकारी दिएकी छन् ।

जसअनुसारा काकडभिट्टा, भण्टाबारी, विराटनगर, मलगंवा, जलेश्वर, वीरगन्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकाबाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ ।

‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरूबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्ननहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ खनालले जारी गरेको परिपत्रमा भनिएको छ ।