अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवेकशील साझाको महाधिवेशन आजदेखि हुँदै

विवेकशील साझाको महाधिवेशन आजदेखि हुँदै


काठमाडौं-विवेकशील साझा पार्टीको महाधिवेशनमा आजबाट सुरु हुँदै छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन हुने भएको हो । 

महाधिवेशन आज र भोलि दुई दिन चल्ने विवेकशील साझाले जनाएको छ ।

महाधिवेशनको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई रहेको बताइएको छ । 

महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।  महाधिवेशनमा देशभरबाट करिब एक हजार जना प्रतिनिधि सहभागी हुनेछन्।