काठमाडौँ-सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुर भएको छ ।
बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सहभागी भएको छ ।
संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताउँदै आउनुभएको छ । नेकपा एमाले भने राष्ट्रपतिमा आफ्नो पार्टीको हुनुपर्ने दाबी गर्दै आएको छ ।






प्रतिक्रिया