अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै

नेकपा एस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै


काठमाडौं – नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ। एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले सरकारमा सहभागी हुने बताउनुभयो । पार्टीका तर्फबाट आज एकजना मन्त्रीले शपथ लिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी सरकारमा सहभागी हुन्छौं। आज हाम्रो पार्टीको तर्फबाट एकजना मन्त्रीले शपथ लिनुहुन्छ ।’

नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि नेपाली कांग्रेसका कमल शाह शुक्रबार मुख्यमन्त्री बनेका हुन् । उहाँले आज शपथ लिँदै हुनुहुन्छ ।

सरकारमा सहभागी हुनेबारे आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच धुम्बाराहीमा भेट भएको थियो।