अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लवसहित चार कम्युनिस्ट पार्टी एकताको छलफलमा

विप्लवसहित चार कम्युनिस्ट पार्टी एकताको छलफलमा


काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीबीच पार्टी एकताका लागि आउँदो फागुन १५ गते संयुक्त बैठक बस्ने भएका छन् ।

आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौंमा बसेको ती पार्टीहरूका बैठकले यस्तो निर्णय गरेको हो। बैठकले देशको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गम्भीर अवस्थामा रहेको निष्कर्ष निकालेको छ।

‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणका निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ’ बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।