काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शपथ लिनुभएको छ । उहाँलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप-निर्वाचनबाट दसौंदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियो ।उहाँले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।






प्रतिक्रिया