अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचार नियन्त्रण गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पहिलो निर्णय

भ्रष्टाचार नियन्त्रण गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पहिलो निर्णय


धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो प्रतिबद्धता गर्नुभएको छ । पदभार ग्रहण गरेलगत्तै उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो निर्णय गर्नुभएको हो ।

मुख्यमन्त्री शाहले भन्नुभयो, ‘भ्रष्टाचारसम्बन्धी धेरै कुराहरु बाहिर आएका छन् । त्यसैले भ्रष्टाचार कसरी नियन्त्रण गर्ने र यसको न्यूनीकरण कसरी गर्ने भन्ने सम्बन्धमा आज निर्णय गरेका छौं, यसबारे समिति बनाएका छौं, यो समितिले प्रतिवेदन पेस गर्नेछ । त्यही प्रतिवेदनको आधारमा थप कार्ययोजना लागू गर्नेछौं ।’