काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँसदहरुका लागि जलपान आयोजना गर्नुभएको छ ।
दिउसो ३ बजे शितल निवासमा भण्डारीले प्रतिनिधीसभा र राष्ट्रियसभाका सबै सदस्यहरुलाई जलपानमा सहभागीताका लागि निमन्त्रणा गर्नुुभएको छ ।
हिजो दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएकी राष्ट्रपति भण्डारीले आज धन्यवाद ज्ञापन स्वरुप जलपानको आयोजना गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।






प्रतिक्रिया