काठमाडौं- काठमाडौंको स्वम्भू स्थित एक्सेलसर स्कुलद्वारा आयोजित नवौं बास्केटबल प्रतियोगितामा जेनिथ इंग्लिस सेकेण्डरी स्कूल बाफल विजयी भएको छ । जेनिथले रेडियन्ट स्कूल नागार्जुनलाई फाइनल खेलमा फराकिलो अन्तरले हारएको थियो । जेनिथले ६८ स्कोर ल्याउँदा रेडियन्टले ५८स्कोर मात्र ल्याएको छ ।
जेनिथ स्कूलका खेलाडी सुशील शाही सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले फाइनल खेलमा ३४ अङ्क जोड्न सफल भए ।
विजयी स्कूललाई पूर्व सभासद्ध गीता राणाले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको प्रिन्सिपल शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया