अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा भिरबाट लडेर एक जनाको मृत्यु


उदयपुर – उदयपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। रौतामाइ गाउँपालिका वडा-४ माथिल्लाे मालेबासेका गडुल बहादुर सारु मगर भिरबाट लडेर मृत्यु भएको हो।

रौतामाइ गाउँपालिका वडा २ स्थित आफन्तको छोराको छेवर खान जाने क्रममा सोही स्थानको देब्रे खोपन झिल्के गैराको भिरबाट लडेर मृत्यु भएको एक स्थानीयले बताउनुभयो। हिजो साँझ ६ बजेतिर भिरबाट लडेको हुन सक्ने स्थानीयहरुले बताउनु भयो।

हिजो शुक्रबार घरबाट आफन्तको छोराको छेउर खान भनेर जानु भएको सारु मगर सोही घरमा नपुगेपछि आफन्तले खोजतलास गर्दा आज बिहान मृत्यु भएको अवस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए।

घटना स्थलमा ईलाका प्रहरी कार्यालय रौतामाई र जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।