विराटनगर – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन्।’
उहाँले संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा सहमति कायम हुनसक्ने विचार व्यक्त गर्नुभयो।
नेता खनालले राष्ट्रपति पदमा पार्टीले उम्मेदवार दिने सम्बन्धमा धेरै नसोचेको पनि बताउनुभयो । उहाँले वर्तमान सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी नहुने प्रष्ट पार्नुभयो ।
समाजवाद पक्षधरका शक्तिबीच एकताबद्ध भएर मुलुकलाई समाजवादतर्फ लैजान मोर्चा निर्माण गरी जाने सम्बन्धमा आवश्यक छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।






प्रतिक्रिया