अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीरबाट लडेर एकजनाको मृत्यु

भीरबाट लडेर एकजनाको मृत्यु


मकवानपुर – मकवानपुरको इन्द्रसरोवरमा बिहेभोज खाएर फर्किने बेलामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।

इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए।

लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।