अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति बन्छ : योगेश भट्टराई

एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति बन्छ : योगेश भट्टराई

माओवादीले अर्को राजनीतिक समीकरण बनाउन खोजेको हो ?


काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले २०७९ पुस १० कै सहमति अनुसार एमालेले सिफारिस गरेको उम्मेदवार राष्ट्रपति बन्ने बताउनु भएको छ।

नेकपा एमाले ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले राष्ट्रपतिको निर्वाचनमा माओवादी पुस १० को सहमतिबाट पछि हट्न नहुने बताउनु भएको हो।

सचिव भट्टराईले भन्नुभयो, ‘पुस १० गते जुन जगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभयो। त्यही जगमा नेकपा एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति बन्छ। त्यही जगमा प्रदेशहरुमा मुख्यमन्त्री बनेका छन्। पुस १० गते भएको सहमतिकै जगमा आज प्रचण्डको क्याबिनेट बनेको छ। अन्यत्र सबै ठाउँमा सहमति अनुसार बन्न हुने, राष्ट्रपति बन्न नहुने? के हुन्छ त्यस्तो ?। माओवादीले अर्को राजनीतिक समीकरण बनाउन खोजेको हो ? नत्र राष्ट्रपति पदमा मात्र पुस १० को सहमति खण्डित हुनुपर्ने छैन ।’

भट्टराईले फागुन २५ मा एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गर्नुभयो । उहाँले यस पटक चुनावमा एमालेलाई सिध्याउने ठूलो डिजाइन भए पनि जनताले एमालेलाई विजयी गराएको बताउनुभयो।