अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज झापा आउदै,खयरबारीमा पुल र डोरामारी विद्यालय उद्घाटन गर्ने कार्यक्रम

अध्यक्ष ओली आज झापा आउदै,खयरबारीमा पुल र डोरामारी विद्यालय उद्घाटन गर्ने कार्यक्रम


झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउदैहुनुहुन्छ ।
अध्यक्ष ओलीले आज झापाको गौरादह ५ खयरबारीबाट मोरङ जोड्ने पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आजै अध्यक्ष ओलीले गौरादह ४ स्थित डोारमारी माविको नवनिर्मित भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तुलसी कार्कीले जानकारी दिनुभयो ।
अध्यक्ष ओली आज दमक स्थित आफ्नै निवासमा बस्नुहुनेछ । त्यहाँ पार्टीका विभिन्न तहका तथा कार्यकर्ताहरुसँग भेटघाट गर्नुहुनेछ । भोली अध्यक्ष ओलीले शिवसत्ताक्षी नगरपालिकाको झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आयोजित कार्यक्रममा सहभागी हुने र भोली नै काठमाडौं फर्कने कार्यक्रम रहेको अध्यक्षको सचिवालयले जनाएको छ ।