काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर नियमित काममा जुट्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प पार्ने निर्णयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छन् ।
मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बित गरी घटनाको छानबिन भइरहेको जनाएको छ ।
उक्त घटनको विषयमा थप छलफल गरी समस्या समाधान गर्न वार्ता समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।
प्रतिक्रिया