वीरगञ्ज – नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टी र जनवर्गीय संगठनका कमिटीहरू ठूलाभन्दा पनि गुणस्तरीय हुनुपर्ने बताउनुभएको छ।
प्रेस चौतारी नेपालले आयोजना गरेको संगठन सुदृढीकरण कार्यशालाई आइतबार वीरगञ्जमा सम्बोधन गर्दै ढकालले संगठन ठूला पार्टी विधि र प्रणालीमा छलफल र निर्णय गर्ने कुराम कमी आउने बताउनुभयो ।
लोकतन्त्रको लागि गरिएको आन्दोलन र लोकतन्त्र पछिको आन्दोलनमा के फरक हुन्छ भन्ने कुरा विश्लेषण गर्न जरुरी रहेको उहाँले बताउनुभयो। अब राजनीतिक पार्टी र जनवर्गीय संगठनको भूमिका फेरिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘अब पुरानो हिसाबले चल्दैन, नयाँ भूमिका खोजौँ ।’
राजनीतिक दल र तिनका जनवर्गीय संगठनले आफ्ना काम गर्ने शैली परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। अब पार्टी र जनवर्गीयसंगठनका साङ्गठनिक संरचनामा नै सुधार गर्न जरुरी रहेको उहाँले प्रष्ट पार्नुभयो।
नेता ढकालले पार्टी र हरेक जनवर्गीय संगठनका कार्यक्रम निर्धारित समयमा नै सुरु गर्नुपर्ने बताउनुभयो। उहाँलेभ भन्नुभयो, ‘कार्यक्रम तोकिएको समयमा आयोजक नपुग्ने, कार्यक्रम सकिने बेलासम्म पनि अतिथि पुग्ने गलत परम्परा तत्काल सुधार गर्नुपर्छ ।’
एमाले स्थायी कमिटी सदस्य ढकालले तोकिएको समयमा नपुग्ने अतिथिलाई अतिथिको आसन ग्रहण नै नगराउने संस्कार सुरु गर्नुपर्ने बताउनुभयो । त्यो गरियो भने नेताहरू पनि समयमा नै कार्यक्रममा पुग्ने र समयको सही व्यवस्थापन हुने बताउनुभयो ।
पार्टी संस्थागत रिपोर्टका आधारमा अघि बढ्नु पर्नेमा उहाँले बताउनुभयो । पार्टी र संगठनमा व्यक्ति होइन संगठन प्रधान हुनु पर्नेमा उहाँले जोड दिनुभयो । पार्टी र संगठनमा अब एक व्यक्ति एक पदलाई कडाइका साथ लागू गर्नुपर्ने ढकालले बताउनुभयो ।






प्रतिक्रिया