अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका नव नियुक्त मन्त्रीद्वारा शपथ

लुम्बिनीका नव नियुक्त मन्त्रीद्वारा शपथ


बुटवल – लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य जोखबहादुर महराले आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रकै इन्द्रजीत थारुले भौतिक पूर्वाधार विकासमन्त्री, नेकपा एमालेका विष्णुप्रसाद पन्थीले स्वास्थ्यमन्त्री, एमालेकै दुर्गाप्रसाद चौधरीले वन तथा वातावरणमन्त्री, सोह पार्टीका तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्थामन्त्री, राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकासमन्त्रीका रूपमा शपथ लिनु भएको हो ।

बिना विभागीय मन्त्रीका रूपमा रहेका एमालेका चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री र माओवादीका कृष्ण केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई शपथग्रहण गराउनु भएको हो । आज दिउँसो १ बजेका लागि तय गरिएको शपथ कार्यक्रम हावाहुरीले गर्दा करिब दुई घण्टा ढिलो भएको थियो ।