अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दाहाल र नर्वेका राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र नर्वेका राजदूतबीच भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागिका नर्वेका राजदूत टोरून ड्राम्दालले शिष्टाचार भेट गर्नुभएको छ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नर्वेका राजदूत टोरूनले प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको हो।

उहाँहरुबीच आपसी रूचि र बहुपक्षीय विकाससम्बन्धी सहयोग आदानप्रदानबारे छलफल भएको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो।