उदयपुर – रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्र कुमार मगरले नवनिर्मित दुईतले विद्यालय भवनको उद्घाटन र एक तले दुईकोठे नयाँ भवनको शिलन्यास गर्नुभएको छ।
उदयपुरको रौतामाई गाउँपालिका वडा-४, पोखरीस्थित श्री महेन्द्र मावि रसुवा विद्यालय भवनको उदघाटन र निर्माण सुरु गर्न लागिएको एकतले दुईकोठे भवनको आज अध्यक्ष मगरले शिल्यानास गर्नुभएको हो।
अनुदान र जनश्रमदान गरी रु.५१ लाख लागतमा दुईतले विद्यालयको भवन निर्माण सम्पन्न भएको रौतामाई गाउँपालिका वडा ४ का वडाअध्यक्ष रविन्द्र कुमार खत्रीले बताउनुभयो। राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत रु.२५ लाख, गाउँपालिकाबाट थप अनुदान रु.१० लाख र जनश्रमदानबाट रु.३ लाख गरी जम्मा ३८ लाखको एकतले दुईकोठे भवन पनि शिलन्यास गरिएको वडा-४ का वडाअध्यक्ष खत्रीले बताउनुभयो।
विद्यालयको उदघाटन तथा शिलन्यास कार्यक्रममा महेन्द्र मावि रसुवा विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष प्रलाद कार्की सभापतित्व रहनुभएको थियो। यसैगरी क्रार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार मगर, विशेष अतिथि रौतामाई गाउँपालिकाका उपाध्यक्ष भुपिन्द्र थापा, अतिथि रौतामाई गाउँपालिका वडा-४ का वडाअध्यक्ष रविन्द्र कुमार खत्री र वडा-२ का वडाअध्यक्ष होम दाहाल हुनुहुन्थ्यो।
उदघाटन तथा शिलन्यास कार्यक्रममा रौतामाई गाउँपालिकाका उपाध्यक्ष भुपिन्द्र थापा, वडा-४ का वडाअध्यक्ष रविन्द्र कुमार खत्री, वडा-४ का वडासचिव लिलाभक्त कार्की साथै जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विधार्थीहरुको सहभागिता रहेको थियो।
सौजन्य तस्वीरः रौतामाई गाउँपालिका वडा-४ वडाकार्यालय
प्रतिक्रिया