अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ‘जनयुद्ध दिवस’, देशभर सार्वजनिक बिदा 

आज ‘जनयुद्ध दिवस’, देशभर सार्वजनिक बिदा 


काठमाडौँ-आज फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाइँदै छ । नेकपा माओवादी केन्द्रलगायतले विभिन्न कार्यक्रम गरी  ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । 

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।   

विसं २०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । 

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । 

यस्तै सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको छ । 

तत्कालीन नेकपा माओवादीले जनयुद्धको सुरुवात गरेको अवसरमा मुलुकभर पहिलो पटक सार्वजनिक बिदा दिइएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।