अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनयुद्धको औचित्य पुष्टि गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

जनयुद्धको औचित्य पुष्टि गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको औचित्य पुष्टि गर्न आवश्यक रहेको बताउनुभएको छ ।  

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर सरकारको तर्फबाट जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा दिएको बताउनुभयो ।

सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

‘केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौं कोणबाट प्रश्न उठाउने कोसिस् भइरहेको छ । जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘फेरि एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यकयता छ । सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूह एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न मेरो आग्रह छ ।’ 

कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भएको भन्दै प्रधानमन्त्री प्रचण्डले छिटै पार्टी एकताको अर्को प्रक्रिया अघि बढ्ने बताउनुभयो ।