अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु: उपाध्यक्ष बादल

सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु: उपाध्यक्ष बादल


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनयुद्ध दिवसको उपलक्ष्यमा शहिद, वेपत्ता, घाइते अपाङ्गहरुको योगदानको स्मरण गर्दै उच्च सम्मान गर्ने बताउनु भएको छ।

एमाले उपाध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिनुभएको हो। उपाध्यक्ष थापा लेख्नुहुन्छ, ‘२८औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। जनयुद्ध, जनआन्दोलन तथा आन्दोलनको क्रममा देश र जनताको मुक्तिका लागि आफ्नो प्राणको आहुति दिनुहुने महान शहिदहरुको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता तथा घाइते  योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान ब्यक्त गर्दछु । साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’