झापा- नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले आयोजना गरेको संघियता खारेजी सम्बन्धी कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र सहित राजपरिवारका सदस्यहरु उपस्थिती भएका छन् ।
झापाको मेचीनगरबाट आज सुरु भएको संघियताको खारेजी,हिन्दु राज्य घोषणा लगायतका मागलाई ‘धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिएर प्रसाईंले मेचीकाली अभियान सुरु गर्नुभएको छ ।

प्रसाईंले आयोजना गरेको कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र सहित पूर्व युवराज पारस पनि सहभागी हुनुभएको छ । सार्वजनिक कार्यक्रममा विरलै मात्र देखिने पारस आजको कार्यक्रममा दुर्गा प्रसाईंसँग पटक पटक कानेखुशी गर्दै मञ्चमा बसेको देखिन्थ्यो । शाहले नौ मुखे दियो बालेर कार्यक्रमको उद्ध्घाटन गर्नुभएको छ ।
प्रसाईंले यो महाअभियान देशैभरी सञ्चालन गर्ने बताउनुभएको छ ।







प्रतिक्रिया