अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा निर्माणाधिन बाल अस्पतालको अध्यक्ष ओलीद्वारा अनुगमन

दमकमा निर्माणाधिन बाल अस्पतालको अध्यक्ष ओलीद्वारा अनुगमन


दमक – झापाको दमक-७ स्थित निर्माणाधिन बाल अस्पतालको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमगन गर्नु भएको छ।

दमक-७ स्थित रेडक्रस भएको ठाउँमा प्रदेश स्तरिय बाल अस्पताल एक सय शैयाको बन्न लागेको हो।

अनुगमनका क्रममा अध्यक्ष ओलीले अस्पतालको संरचना तत्कालका लागि पर्याप्त भए पनि भविष्यका लागि सानो हुने भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘जमिन पनि कम रहेछ, तला थपेर बढाउन पनि भवनको क्षमता त्यस अनुसारको नहोला । अस्पतालमा सेवा राम्रो भयो भने दमक र आसपासका नागरिक मात्र होइन यहाँ त भारतकाबाट पनि सेवाग्राही आउन सक्छन् । त्यसबेला यसलाई कसरी व्यवस्थापन गर्ने ?’

उहाँले भन्नुभयो ‘काम गर्नका लागि धेरै बाँकी छ । तर संरचना बनाउने हामीसँग जमिनको अभाव भयो।’ यो बाल अस्पताललै पूर्वको एक पहिचानको रुपमा विकास गर्न आफूले सक्ने सहयोग गर्ने बताउनु भयो ।

बालबालिकामा देखि नै सबैखाले रोगको उपचार न्यून शुल्कमा गर्नका लागि चिकित्सक डा. भगवान कोइरालाको नेतृत्वमा यहाँ बाल अस्पताल बन्न लागेको हो। यस अस्पतालमा सरकारी अस्पतालकै हाराहारी शुल्क तिरेर विशेषज्ञ उपचार सेवा प्राप्त हुनेछ । यसअघि रेडक्रसले बनाएको भवनलाई स्तरोन्नती गरेर अस्तपताल निर्माण गरिदैछ। बालबालिकामा समर्पित एउटा विशिष्टीकृत सेवा प्रदान गर्न सकिने अस्पताल आवश्यक छ भन्ने महसूस गरेर नै यस प्रकारको अस्पताल निर्माणमा लागेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले जनाएको छ।