काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव क्वात्राले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
भेटमा क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको शुभकामना सन्देश राष्ट्रपति भण्डारीलाई सुनाउनुभएको थियो। नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार मध्यान्ह काठमाडौं आइपुग्नुभएका क्वात्रा दिउँसो नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुनुभयो । सो बैठक सकेर उहाँ परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेट गर्न सिंहदरबार पुग्नुभएको थियो ।






प्रतिक्रिया