काठमाडौं -संघीय र प्रदेशसभाको निर्वाचन सकिएको तीन महिनापछि नेकपा एमालेले देशव्यापी रुपमा पार्टीमा संगठन सुदृढिकरण अभियान सुरु गर्न लागेको छ । ‘मिसन ग्रासरुट’ नाम दिइएको यो अभियान फागुन र चैत महिनाभरी सञ्चालन भएर नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवश बैशाख ७ गते समापन हुनेछ ।
अस्ती माघ २६ गते बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मिसन ग्रास रुट सञ्चालन गर्ने निर्णय गरेको हो । यस अभियानको नेतृत्व सातै प्रदेशमा पार्टीका सचिवहरुले गर्नेछन् । त्यसको अनुगमनमा पार्टीका उपाध्यक्षहरुलाई खटाइएको छ । पार्टी स्थायी कमिटीका सदस्यहरुलाई पनि सातै प्रदेशमा अभियानमा सहभागी हुन विशेष जिम्मेवारी दिएर खटाइएको पार्टी केन्द्रीय कार्यलयले जनाएको छ ।
देशैभरी खटिएका पार्टीका उपाध्यक्ष सचिव र केन्द्रीय सदस्यहरुको काममा सहजिकरण गर्नका लागि केन्द्रीय कार्यलय पनि गठन गरिएको छ । महासचिव शंकर पोखरेलको संयोजकत्वमा गठित उक्त कार्यलयमा तीनजना उपमहासचिवहरु पृथ्वी सूब्बा गुरुङ,प्रदिप ज्ञवाली र विष्णु रिमाल र कार्यलय सचिव डा.भिष्म अधिकारीलाई खटाइएको छ ।

पार्टी सुदृढिकरण तथा विस्तार अभियान नामको यो कार्यक्रमलाई अंग्रेजीमा मिसन ग्रासरुट भनिएको छ । पार्टी उपमहासचिव विष्णु रिमालका अनुसार नेकपा एमालेमा अहिले मुलत तीनवटा समस्या देखिएका छन् । पहिलो पार्टीमा बैचारिक काम अपेक्षाकृत बलियो हुन नसकेको दोस्रो पार्टीपंक्तीको चेतनास्तर अपेक्षाकृत सुदृढ हुन नसकेको र तेस्रो नयाँ परिस्थितीमा नयाँ चुनौतिहरुको सामना गर्न पार्टीपंक्ती पर्याप्त मात्रामा सक्षम हुन नसकेको पार्टीको निष्कर्ष छ ।
‘यी तीनवटै कमजोरीहरुलाई सुधार गरेर एमालेको आकार र आयातन जनतामा बढाउन मिसन ग्रासरुट अभियान सञ्चालन गर्न लागिएको हो ’ रिमाल भन्नुहुन्छ ‘अभियान लिएर गाउँ गाउँ जाँदा कार्यकर्ता र जनता खुशी हुनेछन् । फर्कंदा नेता खुशी हुनेछन् भन्ने पार्टीले अपेक्षा लिएको छ । ’
जनतासँग एमाले जोड्ने कडी
पार्टीका नेताको कार्यशैली र संगतले गर्दा जनतासँगको सम्बन्ध टुट्दै गएको निष्कर्ष निकालेको एमालेले मिसन ग्रासरुटमा जनतासँग एमालेलाई जोडन्े तन्तुहरुको खोजी गर्ने उद्धेश्य राखेको छ । जसमा पार्टी सदस्यता नविकरण र विस्तार मार्फत आधारभुत तहमा पार्टी सदस्यहरुको वास्तविक तथ्यांक,उनीहरुको अवस्था,पालिका,वडा र टोल कमिटीको क्रियाशिलता र वास्तविक जानकारी लिने उद्धेश्य एमालेले राखेको छ ।
पार्टी प्रकाशन गरेको मिसन ग्रासरुट निर्देशिकमा अनुसार पार्टीको आधारभुत पंक्तिलाई पार्टीका आाधारभुत सिद्धान्तका बारेमा प्रशिक्षित गरिने छ । यसैगरी स्थानीय तहमा व्याप्त अन्तरविरोधको हल गर्ने उपाय सहितको सिफारि पालिका स्तरमा खट्ने केन्द्रीय सदस्यहरुकलाई बुझाउनु पर्नेछ । निेर्देशिकामा उल्लेख भए अनुसार पार्टीमा सम्भवनायुक्त नयाँ पुस्ताको प्रवेशलाई विशेष प्राथमिकतामा राखिनेछ । निर्देशिकामा उल्लेख भए अनुसार अभियान पश्चात् पा चात् र्टीको प्रभाव विस्तार हु नेछ । पार्टी अनशा सित र एकताबद्ध हु नेछ । पार्टीको सङ्गठनात्मक अवस्था सदृढ हुनेछ ।

अभियान मुख्यत पालिका तहमा केन्द्रित हुनेछ । आवश्यकता अनुसार यसलाई वडा र टोलमा पनि विस्तर गर्न सकिने ठिक थियो । यस अभियानका लागि पार्टीका पोलिटव्यूरो सदस्य र केन्द्रीय सदस्यहरुलाई सघन रुपमा पालिकाहरुमा परिचालन गनिरे उद्धेश्य राखिएको छ । तर यसरी खटाउदा हाल कार्यरत जिल्ला भन्दा फरक जिल्लामा केन्द्रीय सदस्यहरुलाई परिचालन गरिने पार्टी केन्द्रले जनाएको छ ।
केन्द्रीय सदस्यले यी ६ विषयमा प्रशिक्षण दिनुपर्ने
केन्द्रीय सदस्यहरुले कम्तीम ६ वटा विषयमा प्रशिक्षण दिनुपर्ने छ । जस अनुसार दशौं महाधिवेशनको कार्यदिशा,दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको बैचारिक संघर्ष,विभिन्न राजनीतिक दलहरुसँग एमालेका बैचारिक भिन्नताहरु रहेका छन् ।
यसैगरी पार्टी निर्माण सम्बन्धी माक्र्सवादी दृष्टिकोण र पार्टी सदस्यका काम,कर्तव्य र कार्यशैली,समृद्ध नेपाल,सुखी नेपाली सम्बन्धी अवधारणा र समाजवादका आधार निर्माण सम्बन्धी पार्टी अवधारणा रहेका छन् । यसैगरी समसामयिक राजनीतिक परिस्थिती र पार्टी दृष्टिकोणका बारेमा पालिका तहका नेता कार्यकर्ताहरुmलाई केन्द्रीय सदस्यहरुले प्रशिक्ष्ँण दिनुपर्नेछ । एकजन केन्द्रीय सदस्यलाई कम्तीमा दुईवटा पालिका जिम्मा दिने तयारी छ ।

केन्द्रीय सदस्यलाई दैनिकी लेख्न डायरी र कलम
पार्टी केन्द्रले अभियानमा खट्ने सम्पूर्ण केन्द्रीय सदस्यहरुको कार्य विवरण जाँच्नका लागि डायरी र कलम उपलब्ध गराउने भएको छ । डायरीमा तोकिएको ढाँचामा दैनिकी लेख्नुपर्नेछ । जसमा त्यस दिनको क्रियाकलाप,स्थान,कैफियत र हाजिरी उल्लेख गर्नुपर्नेछ ।






प्रतिक्रिया