अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मूर्तीमा जलप लगाउने क्रममा ग्यास पड्किंदा लुभुमा पाँच जना घाइते

मूर्तीमा जलप लगाउने क्रममा ग्यास पड्किंदा लुभुमा पाँच जना घाइते


ललितपुर -ललितपुरको लुभूमा अक्सिजन ग्यासको सिलिन्डर पड्किँदा पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो सवा १२ बजे महालक्ष्मी नगरपालिका(८ लुभूको चसिडोलमा एक घरमा अक्सिजन सिलिन्डर पड्किएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिनुभयो।

पदमबहादुर सुनारको साढे २ तलाको घरमा सिलिन्डर पड्किएको उनले बताउनुभयो।

पहिलो तलामा उहाँले मूर्ति बनाउने कारखाना सञ्चालन गर्नुभएको थियो। मूर्तिमा जलप लगाउने क्रममा ग्यास चुहावट भएर अचानक पड्किँदा पाँच जना घाइते भएका हुन्। सिलिन्डर पड्किएको खबर पाएपछि प्रहरी प्रभाग लुभूबाट प्रहरी वरिष्ठ निरीक्षक सुरेन्द्रबहादुर टेर नेतृत्वको टोली खटिएको थियो। उक्त टोलीले तत्कालै घाइतेको उद्धार गरी प्रहरीकै गाडीमै राखेर अस्पताल पुर्‍याएको थियो।

घाइतेको ग्वार्कोस्थित किस्ट मेडिकल अस्पतालमा उपचार भइरहेको छ। घाइते पाँचै जनाको मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभयो।

नुवाकोटका २६ वर्षीय राजु सुनार, गोदावरीका २३ वर्षीया ज्योति महत, चितवनका ३६ वर्षीय अमित रसाइली, पर्साका १५ वर्षीय विवेक विक र भक्तपुरका २६ वर्षीय सुदिप नगरकोटी घाइते छन्। पाठकका अनुसार उनीहरूको शरीरमा ुटू डिग्री बर्नु भएको छ।

सुनारको ५५ प्रतिशत, महतको २२ प्रतिशत, रसाइलीको ४५ प्रतिशत, विक ५० प्रतिशत र नगरकोटी १५ प्रतिशत शरीर जलेको छ। क्रिटिकल केयर, एनेस्थेसिया, सर्जरी, प्लास्टिक सर्जरीका चिकित्सकको संयुक्त टोली खटिएको पाठकले जानकारी दिनुभयो। विरामीह्रुको अवस्था गम्भीर छ।