अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ-नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ०५ पैसा र बिक्री दर १४१ रुपैयाँ ६९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९९ पैसा र बिक्री दर १५९ रुपैयाँ ७१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।