अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज प्रणय दिवस : युवायुवतीले उत्साहका साथ मनाउँदै 

आज प्रणय दिवस : युवायुवतीले उत्साहका साथ मनाउँदै 


काठमाडौँ-प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर  भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै आइएको छ । 

भ्यालेन्टाइन डे युवायुवतीले उत्साहका साथ विश्वभर पर्वकै रूपमा मनाउने गरेका छन् ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको मानिन्छ । 

यो दिवसमा प्रेमी प्रेमीकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्नुका साथै आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन् । 

भ्यालेन्टाइन डेलाई सप्ताहव्यापी रूपमा मनाइने गरिन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डेको रूपमा मनाउने गरिन्छ ।