अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा बिहानदेखि सार्वजनिक यातायात ठप्प

उपत्यकामा बिहानदेखि सार्वजनिक यातायात ठप्प


काठमाडौं-यातायात मजदुरहरूले आज काठमाडौं उपत्यकामा यातायात सेवा बन्द गरेका छन् । आज बिहानदेखि उपत्यकामा सार्वजनिक यातायात सेवा ठप्प रहेको छ । 

सोमबार यातायात मजदुरहरूले  बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए। 

ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन्। 

बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले सोमबार सडक अवरुद्ध गरेका थिए। सरकारले  यातायात मजदुरलाई छलफलका लागि ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाएको छ ।