काठमाडौँ-सरकार र यातायात मजदुर तथा व्यवसायीबीच वार्ता सुरु भएको छ। वार्ता आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भइरहेको छ ।
वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागिता छ ।
यस्तै यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको पनि उपस्थिति छ ।
बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले यातायात व्यवसायीलाई वार्तामा बोलाएको हो ।
आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ ।





प्रतिक्रिया