अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुको महाधिवेशन आजदेखि, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

अनेरास्ववियुको महाधिवेशन आजदेखि, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने


काठमाडौं-नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने २३औँ महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ । 

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपालको आधार : गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ महाधिवेशन गर्न लागिएको हो । महाधिवेशनमा देशभरका करिब १५ सय ७३ प्रतिनिधि सहभागी हुने छन् ।

तीन दिनसम्म चल्ने महाधिवेशनले दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गर्नेछ । 

नेतृत्व चयन सहमतिमा नभए निर्वाचनका लागि विद्युतीय मेसिनको व्यवस्था गरिएको अनेरास्ववियुले जनाएको छ ।