काठमाडौँ-सार्वजनिक यातायात मजदुरले गरेको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुर सहमति भएका हुन् ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।
मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात तत्काल खुल्ने भएका छन् । आजको उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्ता भएसँगै भोलिदेखि आह्वान भएको देशव्यापी आन्दोलन पनि फिर्ता भएको बताइएको छ ।





प्रतिक्रिया