अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपप्रधानमन्त्री लिङ्देन र विदेश सचिव क्वात्राबीच भेटवार्ता

उपप्रधानमन्त्री लिङ्देन र विदेश सचिव क्वात्राबीच भेटवार्ता


काठमाडौँ – उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

दुईजनाको विषयमा ऊर्जा सहकार्यको विषयमा छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ।

नेपालले अहिले ४५२.६ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिरहेको छ। विदेश सचिव क्वात्राले नेपालले यसरी विद्युत् निर्यात गरेकोमा खुसी व्यक्त गर्दै यसले भारतलाई बिजुली प्रदान गरेकोमा धन्यवाद दिनुभएको छ । नेपालले दीर्घकालीन रूपमा भारततर्फ विद्युत् निर्यातका लागि अनुरोध गरेको बताइएको छ।