अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले भनेको राष्ट्रियताको प्रतिक हो: अध्यक्ष ओली

एमाले भनेको राष्ट्रियताको प्रतिक हो: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मूलधार मात्र नभएर नेपालको राजनीतिमा महत्पूर्ण भूमिका खेलको संगठन भएको बताउनुभएको छ।

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले गौरवपूर्ण राजनीतिक इतिहास बोकेको संगठन र त्यसका नेता व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताउनुभयो। अनेरास्ववियुको आन्दोलनबाट नै नेकपा एमालेका नेता स्थापित भएका उहाँले बताउनुभयो।

अनेरास्ववियुका कार्यकर्ताले महत्त्वाकाङ्क्षा होइन, उद्देश्य बोक्नु पर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘व्यक्तिगत आकाङ्क्षा होइन, राष्ट्रिय आकाङ्क्षा बोक्नु पर्छ।’

नेपालमा नेकपा एमालेले जस्तो कार्यक्रम अन्य कुनै दलले गर्ने नसक्ने उहाँले बताउनुभयो। एमालेभित्र लोकतान्त्रिक अभ्यासको उत्कृष्ट नमूना रहेको उहाँले प्रष्ट पार्नुभयो । नेपाल र नेपालीका भविष्य एमाले र त्यसका जनवर्गीय संगठनको काँधमा रहेको ओलीले बताउनुभयो ।

नेकपा एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिक भएको उहाँले दाबी गर्नुभयो। सत्ताको लागि राष्ट्र र राष्ट्रियताबाट लत्रिएर एमाले नजाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ नेकपा एमाले भनेको राष्ट्रियताको प्रतिक हो ।’