काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यतिबेला देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताउनुभएकाे छ।
काठमाडौंमा आजबाट सुरु भएको अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताउनुभएकाे हाे।
देश बनाउने विषय सोझो रेखामा राजनीति नहिँड्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश बनाउने भनेको कुरो, सोझो रेखामा राजनीति जाँदैन। हामीले अनेकौँ उत्तर-चढाप देखेका छौँ, फेरि पनि आउँछन् उत्तरचढाप । अहिले साथीहरु काफी प्रसन्न भएको देख्छु । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्काे एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो। कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन् ।’
अध्यक्ष ओलीले कुनै डाकाले बैंकमा डकैती गनुपर्यो भने पहिला पालेलाई आक्रमण गर्ने भन्दै पालेकै अवस्थामा देश जोगाउने काममा एमाले लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले यो देशमा डकैती गर्न नदिने, गेटपाले भएकाले यसमाथि नहानी भित्रै पस्न पाउँदैनन् । त्यसकारण पहिला यसमाथि प्रहार हुन सक्छ। भएको पनि छ। भोलिका दिन पनि हुनसक्छ ।’
उहाँले अझै अनेक प्रकारका षड्यन्त्र र प्रयास भइरहेको भन्दै सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा गलत नभएको र त्यसबाट पछि नहट्ने बताउनुभयो।






प्रतिक्रिया